एका एक घट्यो सुनको मुल्य, अब तोलाको कति ?

शुक्रबार, २० भाद्र २०७६

काठमाडौं – लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

महासंघका अनुसार आज सुन तोलाको एक हजार ४ सय र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला १ सयले घटेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १ सयमा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा खरीदबिक्री भएको थियो ।