काँग्रेसको जागरण अभियानमाथि तरुण महासचिवको शंका, नेतृत्वलाई दिए कडा चुनौती

शनिबार, २१ भाद्र २०७६

काठमाडौं – नेपाली काँग्रेसको युवा दस्ता तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पार्टीको कार्यशैलीमाथि शंका गरेका छन् । पार्टीका मुख्य दुई संगठनलाई नेतृत्वले बेवास्ता गरेको भन्दै नेतृत्वको कार्यशैलिमाथि नै प्रश्न चिन्ह खडा गरेका छन् ।

मोटिभेट न्युजसँग कुरा गर्दै महासचिव शाहले पार्टीलाई शशक्त बनाउने कार्यमा महत्वपूर्ण दुई संगठनलाई बेवास्ता गरी सञ्चालन गरिएको जागरण अभियानको औचित्य नहुने दावि गरेका छन् । उनले भनेका छन्, ‘भ्रातृ संस्थाका केन्द्रिय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेतृत्वबाट पार्टी जागरणको डङ्का मात्र फुक्नुको कुनै औचित्य छैन।’

उनले अगाडी भने ‘तरुण दललाई ४ जनामा सिमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय हो । केन्द्रलाई जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाँउमा गई जागरण गर्छु भन्नु नौटङ्की मात्र हो ।’ पार्टी भित्र संधै खरोरुपमा प्रस्तुत हुने शाहीले भातृ संस्थालाई बेहाल पार्ने र युवाहरुको भविष्यलाइ चौपट पार्नु पार्टीको लाचारीपन भएको ठहर गरे ।