हेर्नुहोस कवाडीलाई पुल बेच्ने दुई वडाध्यक्षको अनुहार, दिए यस्तो प्रतिक्रिया

शनिबार, २१ भाद्र २०७६

नुवाकोट – झोलुङ्गे पुल बेच्ने वडाध्यक्षहरुले आफ्नो गल्ती स्विकारेका छन् । शनिवार नुवाकोटको सदरमुकाम विदुरमा पत्रकार सम्मेलन आयोजना गरी आफूहरुले गल्ती गरेको स्विकारेका हुन् ।

दुबै वडा अध्यक्षहरुले पुल बिक्री गरेको स्वीकार गरी कानुनी प्रक्रिया नपुगेकोमा सहमत जनाएका छन् । विदुर–५ का वडा अध्यक्ष शिव कुमार चित्रकारले देविघाटस्थित तादी खोलामा रहेको पन्चायतकालमा बनेको झोलुङ्गे पुल बेलकोटगढी नगरपालिका–८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीको सल्लाहमा बेचेको जनाए ।

वडा अध्यक्ष चित्रकारका अनुसार देविघाटमा रहेको पुल जिर्ण अवस्थामा रहेको र त्यसले खोलालाई समेत नराम्रो देखाएका कारण कवाडीलाई बेचिएको जनाए । खोलामा फोहोर देखिएको हुदाँ कबाडीलाई उक्त पुल बेचेर आफूहरुले ३५–३५ हजार रुपैयाँ बेलकोट र विदुरको वडाको खातामा दाखिल गरेको उनीहरुको दाबी छ ।

कानूनी प्रकृया पूरा गर्दा ढिला हुने भएका कारण आफूहरुले पुल बिक्री गरेको उनीहरुको भनाइ छ । स्थानीयसँग सल्लाह गरेर नै पुल बेचिएको चित्रकारले दाबी गरे ।

विदुर र वेलकोटगढीका स्थानीयले भने पुल बेच्ने कार्यमा संलग्न दुई जना वडा अध्यक्षमाथि कारवाहीको माग गर्दै विदुरमा नाराबाजीसमेत गरेका छन् । स्थानीयले पुल बेच्नु भन्दा पहिला स्थानीयसँग वडा अध्यक्षहरुले कुनै सल्लाह नै नगरेको दाबी गरेका छन् । पत्रकार सम्मेलनको गरी आफूहरुले कानूनी प्रकृया पूरा नगरी पुल बच्नु गल्ती भएको स्वीकार गरेका हुन् ।