जिग्री पाँडेको नयाँ सिरियलको नाम सार्वजनिक, कहिलेदेखि आउँदैछ दर्शकको माँझमा ?
काठमाडौं – ‘भद्रगोल’बाट अलग्गिएका कलाकारहरुको समूहले नयाँ टेलिसिरियल ल्याउने भएको छ । विवादका कारण ‘भद्रगोल’बाट अलग्गिएका कुमार कट्टेल (जिग्री)सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याउन लागेका हुन् ।
नयाँ टेलिसिरियलमा जिग्रीका अतिरिक्त अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज) मधुसुदन पाठक (सिते बा) लगायत २१ जना कलाकार हुनेछन् । कलाकार मधुसुदन पाठक (सीते बा)ले नै सामाजिक सञ्जाल फेसबूकमार्फत ‘सक्किगोनि’ आउने जानकारी गराएका छन् । ‘आफूले जन्माएको, हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफू भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनि जन्मिएको छ,’ कलाकार पाठकले फेसबूकमा लेखेका छन् । सक्किगोनी नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ तर कहिलेदेखि प्रशारण हुने खुलाईको छैन् ।