विप्लवपुत्र प्रकाश चन्द पक्राउ, कस्तो छ उनको अहिलेको अवस्था ? (भिडियो सहित)

बुधबार, २५ भाद्र २०७६

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका केही विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ ।

अस्पतालको सेवामा अवरोध गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाशले हालै मात्र उक्त मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेलाई झुन्डयाउने चेतावनी दिएका थिए । मेडिकल कलेजमा अधिक मुल्य लिएर ठगी गरेको, भर्नालगायतमा विद्यार्थीमाथि चरम आर्थिक भार लादेको भन्दै विद्यार्थी आन्दोलित थिए । अहिले प्रकाशसहित १७ जनालाई चितवन प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । हेर्नुहोस आन्दोलन सुरु गर्नुपूर्व काठमाडौं पत्रकार सम्मेलन गर्दै गर्दाको प्रकाशको भाषण ।