गृहमन्त्री बादलका भाइ पक्राउ, यस्तो छ पक्राउ गर्नुको गम्भिर कारण
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलका साहिँला भाइ नरेश थापा पक्राउ परेका न् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान बस्नेतले जेलभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि त्यसको अनुसन्धान गर्दै जाँदा गृहमन्त्रीका भाइ नरेश पनि पक्राउ परेका हुन् ।
समीरका सहयोगीहरु पवन खड्का र सुरेन नगरकोटी पक्राउ परेपछि उनीहरुको कल डिटेल हेर्दा गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदान प्रदान भएको देखिएको स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । कान्तिपुर लेख्छ, ‘अनुसन्धान अधिकारीले यो मिलेर काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् । सीआईबी स्रोतले ती अभियुक्तहरुसँग बारम्बार सम्पर्कमा रहेर बसेको भेटिएपछि नरेशलाई पक्राउ गर्नुपरेको उल्लेख गर्यो ।’ यो खवर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।