दशैंको विदा भन्दै मख्ख परेकाहरुलाई झट्का, सरकारले कटायो दशैं बिदा

शुक्रबार, २७ भाद्र २०७६

काठमाडौं – यस बर्षदेखि सरकारले दशैंको विदा घटाएको छ । विगतको तुलनामा यसबर्ष सरकारले तीन दिन विदा घटाएको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिइन्थ्यो । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ ।

दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ । विदा कटौति हुँदा सरकारी कर्मचारीहरु मारमा परेका छन् । ५ दिन मात्रको विदाले टाढा घर भएका कर्मचारीलाई ठुलो समस्या हुने भएको छ ।