प्रेरक प्रसंग : शरीर दान
काठमाडौं – सत्ययुगको कुरा हो । देवताहर दैत्यसँग परास्त भए । त्यो बेलामा दैत्यका नाइके वृत्रासुरको शरीर मन्त्रमय थियो । उसलाई मन्त्रज्ञ ब्यक्तिको हड्डीबाट बज्र बनाएर मात्रै मार्न सकिन्थ्यो । त्यस्ता मन्त्रज्ञ भनेका ऋषिमुनीहरु मत्रै हुन्थे ।
युद्धमा हारेका देवताहरु कुन ऋषिले आफ्नो शरीर देदान् र त्यसबाट हड्डी निकालेर बज्र बनाउनु भनेर चिन्चित थिए । देवताहरु त्यस्ता ऋषिको खोजी गर्दै दधिचि ऋषि भएको ठाउँमा पुगे । दधिचि महान तपस्वी थिए । उनको रोमरोमबाट मन्त्रको उच्चारण हुँदै थियो । देवताहरुले उनीसँग शरीर दान मागे ।
त्यो बेला ऋषिले देवताहरुसँग भने–‘हे देवता हो, जसरी नदीले पानी, वृक्षले फल, अर्काको निम्ति ल्याएको हुन्छ । त्यस्तै हामी सन्तले पनि परहितकै लागि शरीर धारण गरेका हुन्छौं । म एउटाले शरीर त्याग्दा थुप्रैको हित हुन्छ भने म तिमीहरुलाई शरीर दान दिन तयार छु ।’
देवताहरुसँग यति भनेर ऋषिले तपोबलद्वारा प्राण त्यागेर आफ्नो शरीर देवताहरुलाई शरीर दान गरिदिए । विश्वकर्माले ऋषिको हड्डीबाट बज्र बनाए । त्यो बज्रद्वारा वृत्रासुरलाई मारेर उसको अत्याचारबाट तीनै लोकलाई बचाए । यसर्थ बहुजन हितका खातिर दधिचि ऋषिले आफ्नो शरीरै दान गरे । हामीले पनि परहितका लागि रगत, आँखा आदि दान ग¥यौं भने त्यसले ठुलो पुण्य हुन्छ ।