प्रधानमन्त्रीले २६ करोड नीतिगत भष्ट्राचार गरेको खुलासा

सोमबार, ६ असोज २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिगत भष्ट्राचार गरेको पाइएको छ । संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालय सम्हालेका वेला प्रधानमन्त्री ओलीले २६ करोड ३५ लाख नीतिगत भष्ट्राचार गरेको पाइएको हो । उनले नियम विपपरित ठाडो आदेशमा त्यो रकम बाँढेको खुलेको छ ।

कारोबार दैनिकमा छापिएको समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका हुन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले विभिन्न्न व्यक्ति तथा संस्थाहरुलाई यसरी रकम वितरण गरेका हुन् ।

समाचार अनुसार, प्रधानमन्त्री ओलीको अग्रसरतमा ५२ संस्था र प्रतिष्ठानलाई २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको हो । विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको छ ।

काठमाडौं उपत्यकाका २९, झापाका २, बागलुङका ३, कास्कीका २, मोरङका १, कञ्चनपुरका २ लगायतका प्रतिष्ठानलाई यसरी रकम बाँडिएको कारोबार समाचारमा उल्लेख छ ।