मोदीले संयुक्त राष्ट्रसंघको महासभामै नेपाललाई हेपे
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध भारतमा जन्मेको भन्दै नेपाललाई हेपेका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले विश्वलाई शान्तिका दुत गौतम बुद्ध दिएको भन्दै नेपालको अपमान गरेका हुन् ।
भारतले विश्वलाई युद्ध नभइ बुद्ध दिएको भन्दै मोदीले बुद्धलाई जन्माउने भारतले विश्वलाई शान्तिको सन्देश दिएको दाबी गरे । ‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ,’ महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’
सम्बोधनको क्रममा मोदीले आतंकवाद विश्वका लागि खतरा रहेको बताए । मोदीले आतंकवाद कुनै एक देशका लागि मात्र नभइ पूरै विश्व समुदायको लागि ठूलो चूनौति रहेको बताए । उनले आतंकवादविरुद्ध एकजुट हुन विश्व समुदायलाई अपिल गरे । मोदीले गौतम बुद्ध भारतमा जन्मेको भनेर अन्तराष्ट्रिय मन्चमा बोलीरहँदा नेपालले यसबारेमा आफ्नो धारणा राखेको छैन् । नेपालमा बुद्ध नेपालमा जन्मेको भन्दै विभिन्न कार्यक्रमहरु गरिरहँदा मोदीले अन्तराष्ट्रिय मन्चमानै पुगेर गौतम बुद्धको जन्मथले नेपाललाई हेपेका हुन् ।