हास्य टेलिश्रृंखलाका कलाकार जिग्री देखि पाडेँसम्म प्रहरी चौकीमा
काठमाडौं– हास्य टेलिश्रृंखला टेलिसिरियल ‘भद्रगोल’ मा अभिनय गर्दै आएका कलाकारहरु मिडिया हवसगँ विवादमा परि उक्त शो छोडेका थिए । उनीहरुले त्यस शो छोडिसकेपछि जेपिटी क्रियसन मार्फत निर्माण भएको हास्य टेलिश्रृंखला ‘सक्किगो नि’ सुरुवात गरेका थिए । उक्त टेलिसिरियलको लेखन तथा निर्देशन कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले गरेका हुन् । र, ‘भद्रगोल’मा पनि जिग्री र पाडेँले नै लेखन तथा निर्देशन गर्दै आएका थिए ।
मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले ‘भद्रगोल’को हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएको र हुबहु नक्कल नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् ।
धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ ।
मिडियाहबले निर्माण गरेको ‘भद्रगोल’ बाट परिश्रमिक नपाएपछि जिग्रीको टिमले उक्त शो छोडेको थियो । भद्रगोलबाट पाँडे र जिग्रीसहित एक दर्जनबढी बाहिरिएर ‘सक्किगो नि’ टेलिसिरियल सञ्चालन गरेका थिए ।