मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्दै प्रधानमन्त्री ओली, नयाँ मन्त्रीमा को ?
काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने भएका छन् । उनले केही मन्त्रीहरुलाई राखेर पुरै नयाँ सेट ल्याउने तयारी गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले अघिल्लो सोमबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)लाई बालुवाटारमा बोलाएर मन्त्रिमण्डलमा सेटै परिवर्तनबारे छलफल गरेका थिए ।छलफल पश्चात नयाँ मन्त्रीहरुको सूची तयार भएको विशेष श्रोतको दावि छ । बालुवाटार निकट श्रोतका अनुसार भर्खरै मन्त्री बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र सरकारका प्रबत्ता, संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा बाहेक सबैलाई हटाएर नयाँ सेट ल्याउने तयारी भइरहेको छ । तर प्रचण्डले आफ्नी बुहारी विना मगरलाई मन्त्री कायमै राख्न जोडबल गरिरहेको श्रोतको भनाई छ ।
आउने मन्त्रिमण्डलमा महेश बस्नेतको नाम पहिलो नम्बरमा छ भने उपसभामुखबाट राजीनामा दिलाएर डा. शिवमाया तुम्बाहाम्फेको मन्त्री पदपनि सुरक्षित भएको बुझिएको छ । अथमन्त्री डा. युवराज खतिवडाको सांसद पद सकिनै लाग्दा पार्टी महासचिव तथा ओली निकटस्थ विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । तनहुँबाट चुनाव जितेका किसान श्रेष्ठको पनि मन्त्री बन्ने सम्भावना बलियो भएको छ । उनलाई वामदेव गौतमको दरिलो समर्थन छ ।
त्यस्तै पूर्वमाओवादीबाट टोपबहादुर रायमाझीको मन्त्री बन्ने लगभव पक्का जस्तै छ । तत्कालिन पार्टी उपाध्यक्ष बाबुराम भट्टराई खेमाका रायमाझि बाबुरामलाई छोडेर अफ्ठेरोमा प्रचण्डलाई साथ दिएकाले फेरी पनि मन्त्री बनाउन लागिएको बुझिएको छ । यता लोडसेडिङ अन्य गरेर जनताको मनमनमा बस्न सफल जर्नादन शर्मापनि बन्त्री बन्दै छन् । पूर्व माओबादीबाट अग्नि सापकोटा, प्रभु शाह र पम्फा भुसालको सम्भावना पनि उच्च छ । भुषाल क्रान्तिकारी माओबादीबाट फर्किएकाहरुको नेतृत्व गर्दै सरकारमा जानसक्ने बुझिएको छ । हक्की स्वभावकी भएकाले उनलाई मन्त्री बनाउँदा आफ्नो पक्षको प्रभाव बलियो हुनसक्ने आधारमा पूर्व माओवादीभित्र छलफल भइरहेको छ ।