सरकारलाई लाग्यो अंकुस, आजदेखि मनलाग्दी गर्न नपाउने

शुक्रबार, ८ कार्तिक २०७६

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागु भएको जनाएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारलाई आजदेखि आचार संहिता लागूहुने आयोगले जनाएको छ ।

आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता कात्तिक ८ गते शुक्रबारदेखि लागू हुने भन्दै यसको पालना गर्न सबैलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निकालेको एक सुचनामा कात्तिक ८ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचार प्रसार गर्न नपाउने बताएका छन् ।

त्यस्तै चुनावका लागि भवन, सवारी साधन, अन्य सामग्रीको प्रयोग गर्न नहुने, आफू मातहतमा नयाँ पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नपाइने, सरुवा बढुवा गर्न र काज खटाउन नपाइने, विदेश भ्रमणमा जान नहुने आयोगले जनाएको छ । उम्मेदवारले भने निश्चित दिन तोकिएपछि प्रचास प्रसार गर्न पाउने छैनन् ।