काँग्रेस सभापति देउवाको एक फोनले मोदिलाई तनाव

बिहिबार, २१ कार्तिक २०७६

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदुत मञ्जिल सिंह पुरीलाई फोन गरि लिपुलेक र कालापानी नेपालको भएको बताएका छन् । उनले नेपालको भुभाग भारतले आफ्नो नक्सामा राखेको भन्दै पुरीसँग आपक्ति समेत जनाएका छन् ।

उक्त टेलिपवmोन सम्बादका कारण मोदिलाई ठुलो झट्का लागेको छ । भारत परस्त मानिएका काँग्रेस सभापति देउवाको अभिब्यक्तिले मोदीलाई राजनीतिमा धक्का लागेको बुझिएको छ । देउवाले टेलिफोन मार्फत नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएका थिए ।

कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै उनले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको थिए । कांग्रेस सभापति देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत पुरीलाई फोनमार्फ नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको समेत बताएका थिए ।

देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै तत्काल समस्याको समाधान गर्न आग्रह समेत गरेका छन् । काँग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ ।