कहिले हुँदैछ नायिका आँचलको बिहे ? यस्तो छ तयारी
काठमाडौं – नायिका आँचल शर्माको बिहे छिट्टै हुँदैछ । उनी डां उदिप श्रेष्ठसँग बिहे गर्न लागेको आफैले खोलेकी छिन् ।
भर्खरै सार्वजनिक भएको एक अन्तर्वार्तामा उनले आफ्ना प्रेमी श्रेष्ठसँग यसै वर्ष बिहे गर्ने योजना रहेको बताएकी हुन् । उनको बिहे सम्भवत मंसिरमै हुने विश्वस्त श्रोतले बताएको छ । सोलो नायिकाका रुपमा भिल्मी बजारमा जमेकी शर्माले पछिल्लो समय ‘दाल भात तरकारी’ बाट नयाँ उचाई लिदएकी छिन् । फिल्मले एकाउन्नौँ दिन मनाएपछि उनको डिमाण्ड बढेको छ ।
फिल्म नगरीमा पल शाहसँग प्रेममा रहेको हल्ला चले पनि आँचल र पलले यो गसिपको खण्डन गर्दै आएका थिए । पल र आँचल आफूहरु राम्रो साथी भएको बताउँदै आएका थिए ।
उनीहरुको परिवारले पनि आँचल र उदिपको सम्बन्धलाई स्वीकारेका छन् । आँचल उदिपको घरमा पनि आउने जाने गर्छिन् । उदिपको परिवार पनि फिल्म क्षेत्रसँग नजिक छ ।