जंगलमा लागेको आगो बस्तीमा पस्यो, ३ जनाको मृत्यु, हजारौं विस्थापित

आइतबार, २४ कार्तिक २०७६

काठमाडौं – जंगलमा लागेको आगो बस्तीमा बस्दा तीन जनाको ज्यान गएको छ । यो अष्ट्रेलियाको खवर हो । आगो बस्तीमा पस्दा १५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । आगलागीमा जली घाइते कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

आगलागीका कारण हजारौं नागरिक विस्थापित भएका छन् । जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि हजारौं मानिसहरू विस्थापित भएका हुन् । केही हराइरहेका छन् । समाचारहरूमा जनाइएअनुसार करिब १५० घर आगोमा जलेका छन् ।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । स्थानीय सयौं व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयंसेवकका रूपमा निरन्तर काम गरिरहेका छन् ।