राइटपाथको वेलायत अध्ययन सम्बन्धी ग्राण्ड सेमिनार भोलीदेखि, के–के छन् विशेषता ? भिडियोमा हेर्नुहोस

बिहिबार, २८ कार्तिक २०७६

काठमाडौं – काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यलय रहेको राइटपाथ करिअर काउन्सिलिङले वेलायत अध्ययनसम्बन्धी ग्राण्ड सेमिनार भोली (शुक्रबार)देखि गर्दैछ । काठमाडौं, चितवन र हेटौंडास्थित आफ्नै कार्यलयमा राइटपाथले सेमिनारको आयोजना गर्ने भएको हो ।

काठमाडौंमा कार्तिक २९ गते, चितवनमा ३० गते र हेटौडामा मंसिर १ गते सेमिनार गरिने राइटपाथले जनाएको छ । सेमिनारमा वेलायतको चर्चित विश्वविद्यालय UNIVERSITY OF HUDDERSFIELD का प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहनेछ ।

सेमिनारमा ठाउँको ठाँउ अफर लेटर दिइने छ भने, नेपाली तीन लाखसम्मको छात्रबृद्धिको व्यवस्था पनि छ । यो सेमिनारको अर्को विशेषता भनेको अंग्रेजी माध्ययमबाट कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुका लागि अंग्रेजीमा ६० प्रतिशत वा सो भन्दा बढि अंक ल्याएर उत्तिर्ण विद्यार्थीहरुलाई आयल्सको आवश्यकता नपर्ने बताइएको छ ।

यो सेमिनारमा सहभागि विद्यार्थीहरुलाई अन्य देशमा पहल गरेरपनि असफल भएकाहरुलाई पनि सहभागिता जनाई आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न सकिने बताइएको छ । यो सेमिनारमा सहभागिता जनाउनका लागि काठमाडौंको पुतलीसडकमा रहेको राइटपाथको केन्द्रीय कार्यलयमा सम्पर्क गर्न सकिनेछ भने चितवन र हेटौंडामा रहेका कार्यलयहरु आफैले उपस्थित भएर थप जानकारी लिन सकिनेछ ।