प्रेरक प्रसंग : सोचे अनुसारको प्रतिफल कसरी प्राप्त गर्ने ?
काठमाडौं – एउटा मान्छे वन घुम्न गयो । अनकन्टार वनभित्र घुम्दमघुम्दै ऊ कुनै पर्वतको नजिक पुग्यो । उसले त्यहाँ आफ्नो कुनै शत्रुलाइ सम्झेर ठुलो स्वरले भन्यो, ‘पख्लास्, एक दिन मैले तँलाई जानेको छु ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो । उसले आफूलाई पनि कसैले गाली गरेको सम्झेर भन्यो–‘तँ को होस्, म अहिले नै तँलाई ठेगान लगाउँछु ।’ वनभित्रबाट पनि त्यस्तै आवाज आयो । उसले भन्यो–‘पख्, म घरमा गएर बन्चरो ल्याएर तँलाई छप्क्याउछु ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो । त्यो मान्छे रिसले भाउन्न हुदैँ बन्चरो लिन घर आयो । घरमा उसले वनको घटना दाजुलाई सुनायो । दाजुले भने–‘भाइ, तिमि एकपल्ट मेरो कुरा मानेर बन्चरो नलिई फेरि वनमा जाऊ र मैले भनेको कुरा त्यो वनको मान्छेलाई भन ।
उसले के उत्तर दिँदो रहेछ । अनि म पनि तिमिसँगै वन जाउँला । दाजुको कुरा मानेर त्यो मान्छे फेरि वनमा गयो । उसले अघिकै ठाउँमा उभिएर दानुले सिकाएको कुरा ठूलो स्वरले भन्यो–‘ए मेरा साथी आऊ मलाई भेट्न ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो । उसले फेरि भन्यो–‘मेरो साथि, म तिमिलाई भेरै माया गर्छु ।’ वनभित्रबाट पनि त्यस्तै आवाज आयो । दाजुले सिकाएका सबै राम्रा कुरा उसले भन्यो । उसले जे भन्यो वनभित्रबाट पनि त्यस्तै आवाज आयो ।
वनभित्रको साथीले भनेका कुरा सुनेर उसको सारा रिस सकियो र उसले दाजु भएको ठाउँमा आएर सबै कसरा सुनायो । दाजुले हाँस्तै भने–भाइ, वनभित्र कुनै मान्छे थिएन, तिमिले बोलेका कसरा नै वनमा गुञ्जिएर तिमितिर फर्केका थिए । तर तिमिले त्यसलाई नै अर्काले भनेको सम्झ्यौ ।’