विद्रोहीलाई लक्षित गरि सेनाको हवाई हमला, ३४ जना सर्वसाधारण मृत्यु

शुक्रबार, २९ कार्तिक २०७६

जेरुसेलम : इजरायली सेनाको हवाइ हमलामा परि ३४ जना सर्वसाधारणको मृत्यु भएको छ । इस्लामिक विद्रोहीलाई लक्षित गरि गरिएको हवाई हमलामा केही इस्लामिक जिहादी विद्रोही पनि मारिएको हुनसक्ने बताइएको छ ।

इजरायली सेना र इस्लामिक जिहादी विद्रोहीबीच दुई दिनसम्म चलेको हमलामा सयौं परिवार बिस्थापित भएको बताइएको छ । गाजापट्टीमा भएको हमलामा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुई पक्षबीच युद्धविरामको घोषणा हुनुअघि इजरायलले हवाइ हमला गरेको थियो ।

इस्लामिक जिहादका नेता र केन्द्रीय गाजा ब्रिगेडमा रकेट इकाइका कमाण्डर रस्मी अबु मल्होसलाई लक्षित गरी आक्रमण गरिएको थियो ।