अनमोल र सुहाना फेरि पनि एउटै पर्दामा

आइतबार, १ मंसिर २०७६

काठमाडौं– फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडि रहने पक्का भएको छ । फिल्ममा अनमोलले शीर्ष भूमिका निभाउने पहिले नै तय भए पनि लिखित सम्झौता भने शनिवार मात्र भएको हो ।

यस भन्दा अगाडिको फिल्म ‘ए मेरो हजुर ३’ को जोडि सबैले धेरै रुचाएको हुनाले फेरि पनि दर्शकमाझ उक्त जोडिलाई झरनाले देखाउन लागेकी हुन् । अनमोलको डेब्यूदेखि अहिलेसम्मका सबै फिल्म सुपरहिट भएको छ ।

झरनाकी छोरी सुहानाको भने डेब्यू फिल्म ‘ए मेरो हजुर ३’रहेको थियो । माघ २० गतेबाट फ्लोरमा जाने यो फिल्मलाई सुनील कुमार थापाले निर्माण गर्र्नेछन् भने झरना थापाले निर्देशन गर्ने भएकी छिन् ।

अनमोल र सुहानाको शीर्ष भूमि रहेने यस फिल्म नेपालसहित ओमान र हल्याण्डमा पनि छायांकन हुनेछ । उक्त फिल्ममा अन्य को–को कलाकारको अभिनय रहनेछ भन्ने जानकारी भने निर्माण पक्षले गराएको छैन ।