प्रधानमन्त्रीकै गृह जिल्लामा नेकपाले मनायो पार्टी स्थापना दिवस

आइतबार, ८ मंसिर २०७६

झापा – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पार्टी स्थापना दिवस भव्य रुपमा मनाएको छ । पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाएका हुन् ।

सो अवसरमा झापा र सुनसरीका विभिन्न विद्यालय तथा क्याम्पसमा व्यानर, पोस्टर, पम्प्लेट लगायतका सामग्री वितरण एवम् बाडेर स्थापना दिवस मनाएको हो ।

अखिल (क्रान्तिकारी) ले झापाको मेची क्याम्पस, दमक क्याम्पस लगायतका स्थानमा पोस्टर टाँसेको छ भने सुनसरीको महेन्द्र बहुमुखी क्याम्पस धरानमा ब्यानर र मैनबत्ती बाली उत्सव मनाएको अखिल (क्रान्तिकारी) मेचिकोसि समन्वय समितिका संयोजक पुस्पले जानकारी दिए।