गायक शाहीको मौलिक डेउडा दोहोरी बजारमा (भिडियो सहित)
काठमाडौं – देउडा गायक स्वर्णिम शाहीको नयाँ डेउडा गीत बजारमा आएको छ । शाहीकै शब्द, संगित र स्वरमा रहेको ‘चलन चलिया’ बोलको देउडा गीत आइतबार बजारमा आएको हो ।
शाहीलाई स्वरमा माण्डबी त्रिपाठीले स्वरमा साथ दिएकी छन् । कुशल म्युजिक प्रालीद्धारा बजारमा आएको यो गीतमा कर्णाली विभिन्न स्थानहरुको फुटेजहरु समेटेर भिडियो तयार पारिएको छ । शाही आफनै निर्देशन गरेको भिडियोलाई धेरै दर्शकले मन पराएका छन् ।
पश्चिमी मौलिक देउडा दोहोरीमा रोजी कुँवर र शाहीको मौलिक अभिनय रहेको छ । त्यस्तै गितको एरेन्ज बिपीन आर्चायले गरेका हुन् ।