एकता नसकिदै फुट्यो सत्तारुढ नेकपा, ओली प्रचण्डलाई तनाव

सोमबार, २३ मंसिर २०७६

काठमाडौं – एकता प्रक्रिया नसकिँदै सत्तारुढ नेपाल कन्युनिस्ट पार्टी (नेकपा) फुटेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको तत्कालीन आम नेपाली पार्टीले पुनः अलग भएको जनाएपछि नेकपामा फुट आएको हो ।

पार्टीका नेता निलकण्ठ पौडेलले पार्टीका सम्पूर्ण सदस्यसहित नेकपा कार्यकर्ता अलग भएको जानकारी दिएका छन् । आम नेपाली पार्टी गत असारमा नेकपामा समाहित भएको थियो ।

अपाङ्ग आयोग गठन र केन्द्रीय कमिटीमा तीन जनालाई राख्ने तथा जिल्ला प्रदेशमा मिलाएर लाने सहमतिबाट नेकपा पछि हटेपछि आफूहरु अलग भएको पौडेलको भनाई छ ।