अत्याधिक चिसोको कारण विद्यालय बन्द

बिहिबार, ३ पौस २०७६

काठमाडौं–शीतलहरका कारण अत्यधिक चिसो बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय गरेको हो ।

सबै सरोकारवालासँग छलफलपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख नृप ओडले जानकारी दिए । उनले शनिवारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा भने छलफल हुने बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिले पनि बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार विद्यालय बन्द हुने जानकारी गराएको थियो ।