एडुकेयरले आयोजना गरेको अस्ट्रलिया एजुकेशन सम्बन्धि ग्राण्ड सेमिनार सम्पन्न (फोटो फिचर)
काठमाडौँ – एडुकेयर अवरोड कन्सल्टेन्टले आयोजना गरेको अस्ट्रेलिया एजुकेशन सम्बन्धि ग्राण्ड सेमिनार सम्पन्न भएको ।
काठमाडौँको कालिमाटीमा रहेको एडुकेयरले शनिबार सेमिनारको आयोजना गरेको थियो । सेमिनारमा दुई सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको एडुकेयरले जनाएको छ ।
सेमिनार कालिमाटीमा रहेको एडुकेयरको कार्यलयमा विहान ११ बजेदेखि दिउसो २ बजेसम्म चलेको थियो । उक्त सेमिनारमा अस्ट्रेलियाका विभिन्न चार ओटा विश्वविद्यालय र दुई ओटा कलेजका प्रतिनिधिहरुले विद्यार्थीलाई आ-आफ्ना विशेषताहरुको चर्चा गरेका थिए ।
सेमिनारमा कर्टिन यूनिभर्सिटी, चाल्र्स डार्विन यूनिनभर्सिटी, फेड्रेशन यूनिभर्सिटी, यूनिभर्सिटी अफ सनसाइन तथा सिड्नी मेट्रो कलेज र लिड कलेजको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई कलेजका प्रतिनिधिहरु संग भेटाएर उनिहरुलाई सहि सुचना दिन उक्त सेमिनारको आयोजना गरिएको एडुकेयरका प्रबन्धनिर्देशक एस.पि भट्टराईले बताए ।
फोटोमा हेर्नुहोस सेमिनार






