उत्तरप्रदेशका ७५ मध्ये २१ जिल्लामा इन्टरनेट बन्द
एजेन्सी–नागरिकता संशोधन कानुनलाई लिएर हिंसा भड्किएपछि नेपालसँगै सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यका ७५ मध्ये २१ जिल्लामा इन्टरनेट बन्द गरिएको छ ।
उत्तर प्रदेश सरकारले शुक्रवार हुने जुमे की नमाजलाई बिचार गर्दै त्यहाँका २१ जिल्लामा इन्टरनेट सेवा पूरै बन्द गरिदिएको हो । उत्तर प्रदेश पुलिसका डीजीपी ओपी सिंहका अनुसार राज्यका २१ जिल्लामा शुक्रवार दिनभरि इन्टरनेट सेवा ठप्प पारिएको छ । राज्यमा कानुन व्यवस्था पूर्णरुपमा नियन्त्रणमा छ । हामी सुरक्षाबलको की रणनीतिक तैनाथीमा लगातार लागिरहेका छौँ ।
एसआईटीको टिम विभिन्न मामिलाको जाँचमा लागेको छ । हामीले २१ जिल्लामा इन्टरनेट सेवा रोकेका छौँ । परिस्थिति सामान्य भएपछि इन्टरनेट सेवा फर्किनेछ । नागरिकता संशोधन कानुनको विरोधमा सबैभन्दा हिंसक प्रदर्शन उत्तर प्रदेशमा भइरहेको छ ।
यहाँ प्रदर्शनका क्रममा कयौँ मानिसको ज्यान गइसकेको छ । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार बितेका साता पुलिस र प्रदर्शनकारीबीच भएको झडपमा १६ जना मारिएका छन् । जसमा १४ जनालाई प्रहरीको गोली लागेको छ ।