देउवाले पुर्‍याए कांग्रेसकाे विवाद उत्कर्षमा

आइतबार, १३ पौस २०७६

काठमाडौं–बहुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

२६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले शुक्रबार बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

र, २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, कांग्रेसभित्रको संस्थापनबाहेकका नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह भने कांग्रेस इतिहासमा नै पहिलोपटक बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप गरेको र यसले पार्टीलाई दुर्घटनातर्फ लैजाने भन्दै निर्णयप्रति असन्तुष्ट छन् । उक्त समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । यो समाचार महेश्वर गौतमले लेखेका हुन् ।