प्रेरक प्रसंग : दृष्टिविहिन बुवा र छोरा बुहारी
काठमाडौं – एउटा घरमा एउटा बुढो र छोरा बुहारी तीन जनाको परिवार थियो । छोरा/बुहारी राम्रै थिए । सामाजिक रुपमा प्रतिष्ठितै थिए । पैसा पनि भएकै हो । किनकी दुबैको जागिर थियो । तर बुढो भने दृष्टिविहिन । आँखा नेदेख्ने ।
अनि बुडोले जहिले पनि छोरा बुहारीलाई कचकच कचकच गरिरहने । कहिले खाना मिठो भएन भन्ने, कहिले आफूले मिठो खाएर मलाई नमिठो दिए भन्ने । कहिले आफूले धेरै खायौ, मलाई थोरै दियौ भन्ने । केही गरेपनि बुडोले छोरा बुहारीलाई सुख दिएन ।
छोरा बुहारी दिक्क भए । यो गरेपनि हुँदैन्, त्यो गरेपनि हुँदैन् । हरेक कुरामा किचकिच गरिरहने । किनकी बुडोलाई लाग्दो हो आफूलाई अपमान गरे । उ आँखा देख्दैनथ्यो । खालि गुनासो मात्र गर्ने, खालि नकारात्मक टिप्पणी मात्र गर्ने ।
एक दिन बुहारीले यो बुडो साह्रै नकारात्मक रहेछ, साह्रै नेगेटिभ माइण्डेड रहेछ, अव आज चिक्त बुझ्ने गरि खुवाइदिने सोंच बनाई । बजार गई, एउटा भाले किनेर ल्याई । पकाईवरी सिङ्गो भाले बुडोलाई खान दिई ।
बुडोले पनि सिङ्गै भाले मजा मान्दै खायो । खाइसकेपछि मुख चुठ्दै फेरी भन्न थाल्यो मलाई त सिङ्गै भाले दिने तिमिहरुले कति ओटा खाए होउला । तिमिहरुले धेरै खायौ र त मलाई एउटा सिङ्गो भाले दियौ । भन्दै झन चर्को स्वरमा बोल्न थाल्यो । त्यो बुहारीलाई दिक्क लाग्यो ।
निउँ खोज्ने मान्छे, नकारात्मक सोच भएका मान्छेलाई कहिल्यौ पनि कन्भिन्स गर्न सकिदैन् । उनीहरुको नियतै खराव हुन्छ । तसर्थ मुर्खलाई उपदेश दिन भन्दा टाडै बसेको राम्रो । नकारात्मक मानसिकता भएका मान्छेलाई जति सम्झाउँदा पनि सम्झीदैनन् बरु उनीहरुले सम्झाउन गएका लाई उल्टै सम्झाएर पठाइदिन्छन् ।
नेपालीमा एउटा उखान छ नी, ‘सुतेको मान्छेलाई व्युझाउन सकिन्छ र सुतेको नाटक गर्ने मान्छेलाई कहिल्यौ व्युझाउन सकिदैन ।