मंगलबारदेखि फेरि बादल र वर्षा हुने सम्भावना
काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि नेपालमा फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशैभरिको मौसम प्रणालीमा प्रभावित हुने बताएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गर्ने छ।
मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार यो प्रणाली शुक्रवारसम्मनै कायम रहनेछ र केहि स्थानमा वर्षा हुन सक्ने भएकोले सतर्क रहन महशाखाले अनुरोध गरेको छ। महाशाखाले मौसम शनिवारबाट सामान्य बन्दै जाने समेत जनाएको छ ।