इक्यानमा सर्वसम्मत भएको छैन्, उपाध्यक्षमा चुनाव हुन्छ : कृष्णहरी केसी

शनिबार, २६ पौस २०७६

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १४ औं महाधिवेशन आज हुँदैछ । आज नै नयाँ कार्यसमितिको चयन हुनेछ ।

अध्यक्षदेखि पदाधिकारी सबैमा सर्वसम्मत भएको भनिएपनि उपाध्यक्षमा भने निर्वाचन हुने पक्का छन् । इक्यान अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत भएका छन् भने महासचिवमा दिपक राज भुषाल निर्विरोध भएका छन् । उपाध्यक्षमा राजेन्द्र रिजाल, देबिदास भट्टराई र शेषराज भट्टराईको पक्षमा सहमति जुटेको भएपनि कृष्णहरी केसीले उपाध्यक्षमा लड्ने आफ्नो अडान कायमै राखेकाले चुनाव हुने छ ।

‘टाउकेहरुले बनाएको सहमति मान्ने हुने छैन’, मोटिभेट न्यूजसँग कुरा गर्दै केसीले भने ‘चिर्वाचनबाट निर्वाचित भएर आउनुपर्छ । जित-हारको निर्णय भोटरले गर्नेछन् । म त्यहि बाटोमा छुं । ’ केसी आफू एक भोट मात्रै आएपनि चुनाव लडेरै छाड्ने बताउँदै आएका छन् ।

उनले सर्वसम्मत गराउने बैठकमा आफूलाई नराखिएकोमा गुनासो गरे । ‘उमेद्वारलाई सहमतिका लागि एक पटकपनि नसोध्नु अपाराधिक मानसिकता हो ।’ उनले भने ।

इक्यान सचिवमा लक्ष्मण पौडेल (एण्डियू) र बासुदेव दाहाल पनि सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा सरोज बस्नेत प्यानलका भरत रेग्मीले बाजी मारेको बताईएको छ ।

बिष्णुहरी पाण्डे र महेशबाबु तिमल्सिना एक कदम पछि हटेपछि सहमति भएको हो ।