भोली सार्वजनिक बिदा

शनिबार, २६ पौस २०७६

गोर्खा – पुस २७ गते अर्थात आइतबार गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

गोर्खा जिल्ला सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले जनाएका छन् । स्थानीय तहहरुले बिदा दिनुका साथै पृथ्वीजयन्तीमा केही कार्यक्रम पनि राखेका छन् ।