वाइडबडीमा पर्यटन मन्त्री भट्टराईको आँखा, कति हुँदैछ चलखेल ?
काठमाडौं – संस्कृति, पर्याटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले व्यवसायीहरुलाई वाइडबडी किन्न आग्रह गरेको छन् । शनिबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १४ महाधिवेशनको उद्घाटन गर्दै भट्टराईले नेपाल /अस्ट्रेलिया उड्ने गरि एक वाइडबडी किनेर सेवा दिन आग्रह गरेका हुन ।
करिब पाँच सय सदस्य रहेको इक्यानबाटै पहलकदमी लिएर इक्यानकै लोगो फहराए जहाँज उडाउन् मन्त्री भट्टराईले आग्रह गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने, ‘तपाईहरु चाहेको खण्डमा गर्न सक्नुहुन्छ, सम्बन्धन दिने म छदैछु, आँट गर्नुहोस् ।’ भट्टराईले अगाडी भने ‘हामी सँग जहाँज छैन, जहाँज नभएका कारण मैले अस्टेलियालाई आफ्नो जहाँज चलाउँन आग्रह गरेको छु । हामीसँग भयो भने अरुलाई गुहार्न पर्दैन ।’
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विदेशमा बस्ने नेपापलीहरुले नेपालको विराध गरेर बसेको देख्दा दयाँ लागेर आउने गरेको बताए । नेपालमा भएका नेपालीहरुले सरकारको विराध गर्नु स्वभाविकै हो’, उनले भने, ‘तर विदेशमा भएकाहरुले त देशको माया गर्नुपर्ने हो । देशको प्रचार प्रचार गर्नुपर्ने हो ।’
उनले भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि सबै नेपालीले पहिलकदमी लिनुपर्ने बताए । विदेशमा अध्ययनका लागि पठाउने कन्सल्टेन्सीहरुलाई विदेशी विश्वविद्यालयहरुका प्रोफेसरहरुलाई नेपाल भ्रमण गराउन आग्रहसमेत गरेका थिए ।