काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ, उपचारका लागि भारत जाँदै
काठमाडौं – नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वथ्य भएका छन् । उनी स्वास्थ्य उपचारका लागि भारत जाने भएका छन् । नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागे पुष्टी गरेका छन् । उनको भारतको एम्स अस्पतालमा उपचार हुनेछ ।
‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले भने । आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ ।
स्वास्थ्यमा के समस्या छ भन्ने बारे चाँही उनले केही बताएनन् ।