एनसेलका दुई टावरमा आगजनी
काठमाडौँ – राजधानी काठमाडौंमै दूर संचार सेवा प्रदायक कम्पनी एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका –८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।
त्यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको । स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो ।
आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । राज्यलाई कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि देशका विभिन्न स्थानम रहेका एनसेल टावरमा आगजनी गर्दै आएको थियो ।
आगजनीका कारण आसपास क्षेत्रमा मंगलबार विहान केही समय सेवा अबरुद्ध भएको थियो ।