आइएमईको नाममा ठगी धन्दा, आइएमईका संचालक सहित ७ जना पक्राउ

बुधबार, १ माघ २०७६

काठमाडौँ – आइएमईको नाममा ठगी धन्दा हुने गरेको पाइएको छ । देशभर छरिएर रहेका आइएमईका काउन्टरहरुले विभिन्न बाहाना ठग्ने गरेको तथ्य फेला परेको छ ।

नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ परेपछि यो तथ्य बाहिरिएको हो ।

प्रहरीले मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिकाका बस्ने इन्दिरी पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल र अब्दुल सलाम, भारतको बिहार प्रदेश अररिया जिल्लाका शतिष मण्डल र मोइसुलाई पक्राउ गरेको छ ।

यी मध्ये इन्दिरा पुरी आइएमई संचालक हुन् । पीडित धनकला धामीले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा यी व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् । सो समूहले धामीलाई विभिन्न मितिमा दश लाख चार हजार ठगी गरेको जनाइएको छ ।

इन्दिराले केहि समय अगाडि यस्तो धन्दा सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ । उनले ठगीकै लागि आइएमई सञ्चालन गरेर बसेको प्रहरीको शंका छ ।

ठगीका क्रममा यस अघि पनि आइएमईका थुप्रै एजेन्टहरु र तिनका कार्यालयहरु संलग्न रहेको पाइएपनि प्रहरीले आइएमईमाथि अनुसन्धान गर्ने गरेको छैन ।

पोलिटिकल प्रेसरका कारण यस्ता अपराधमा आइएमइ संग्लग्न भएको थाहा पाउँदा पाउँदै पनि आइएमईमाथि अनुसन्धान नहुँदा यस्ता घटनाले थप बढावा पाएका छन् । यस सम्बन्धि अर्थ सरोकार डटकमले तयार गरेको विशेष भिडियो सामाग्री आगामी अंकमा प्रस्तुत हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रभु बैंकले जनताको करोडौं रुपियाँ ठगेको खुलासा, यसरी हुन्छ ठगी