एमसीसीविरुद्ध विप्लवको भण्डाफोर अभियान सुरु, कडा आन्दोलनको घोषणा
काठमाडौं – नेपाल कन्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भन्डाफोर आन्दोलन गर्ने उद्घोष गरेको छ । नेकपाले माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्ने जनाएको छ ।
बिहीबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने जनाएको छ ।
यस्तै नेकपाले जनसङ्घर्ष अन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महँगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
घोषित कार्यक्रम अनुसार माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने, माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने, माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र बुझाउने नेकपाले जनाएको छ ।
नेकपाले देशव्यापी जनसङ्घर्षका कार्यक्रम अन्तर्गत माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन गर्ने, १६ गते सहिद दिवस मनाउने, १८ गते महँगीविरुद्ध प्रदर्शन गर्ने, २० गते खुला सांस्कृतिक कार्यक्रम र २५ गते देशव्यापी अन्तरक्रिया गर्ने जनाएको छ ।