एक्सपर्टको अष्ट्रेलियन एजुकेशन फेयर भोली, उत्कृष्ट पाँच कमेडि च्याम्पियन पनि आउने

शुक्रबार, ३ माघ २०७६

काठमाडों – काठमाडौंको पुतलीसडकमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले भोली अष्ट्रेलियन एजुकेशन फेयर गर्ने भएको छ । भोली अर्थात माघ ४ गते शनिबार एक्सपर्टले एजुकेशन फेयरको आयोजना गर्न लागेको हो ।

बेला बेला फेयरको आयोजना गरेर विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको एक्सपर्टले यस पटक पनि विद्यार्थीहरलाई अष्ट्रेलिनय शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग भलाकुसारी गर्ने अवसर प्रदान गर्न लागेको हो ।

पुतलीसडकस्थित आफ्नै कार्यालयमा आयोजना हुने फेयरमा यस पटक १५ वटा भन्दा बढि अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुलाई उपस्थिति गराउने आयोजकले जनाएको छ ।

त्यसो त यस पटकको फेयरमा एक्सपर्टले कमेडी च्याम्पियनका उत्कृष्ट पाँचमा पर्न सफल प्रतियोगिहरुलाई पनि उपस्थिति गराउने जनाएको छ । जुन फेयरबाट विद्यार्थीहरुले शैक्षिक परामर्श मात्र नभई कमेडी च्याम्पियनहरुको प्रस्तुतीको मज्जा पनि लिन सक्नेछन् ।

त्यसैगरी यस पटकको फेयरको अर्को राम्रो पक्ष भनेको दुई वटा बैंकको पनि उपस्थिति रहने छ । फेयरमा नेपाल एसआईबी बैंक र माच्छापुच्छ्रे बैंकको प्रतिनिधिहरुको पनि सहभागिता हुने हुँदा विद्यार्थीहरुले लोनदेखि लिएर बैंकिङ प्रोसेसको बारेमा पनि सोही स्थानबाट जानकारी लिन सक्नेछन् ।

सम्बन्धित संस्थाका प्रतिनिधिसँग कुरा गर्दा विद्यार्थीहरुले पनि पूरै जानकारी लिन सक्ने हुँदा प्रतिनिधिहरुलाई नै बोलाएर फेयरको आयोजना गरिदै आएको एक्सपर्टका प्रवन्ध निर्देशक खेमराज संग्रौलाले बताए ।

फेयरमा १५ भन्दा बढि अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने हुँदा विद्यार्थीहरुले एकै स्थानबाट ति सबै शैक्षिक संस्थाका बारेमा सम्बन्धित व्यक्तिबाट नै जानकारी लिने अवसर पाउने संग्रौलाको भनाई छ ।

मेलामा Macquarie University, Excelsia College, Australian Catholic University, Flinders University, Torrens University, Southern Cross University, University of Wollongong, University of Newcastle, University of Southern Queensland, Holmes Institute लगायतका विश्वविद्यालयहरुको सहभागिता रहने छ ।