एलआइसीको ‘जीवन बचत बीमा योजना’मा ‘त्रुटि’ नै ‘त्रुटि’

मंगलबार, ७ माघ २०७६

काठमाडौं – भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सार्वजनिक गरेको ‘जीवन बचत योजना’मा त्रुटि रहेको पाइएको छ । एलआइसीले सुरु गरेको यो योजनामा जनतालाई बीमाको नाममा फसाउन खोजिएको बुझिएको छ ।

यो योजनामा बीमाको सम्पूर्ण रकम पहिलानै बुझाइसक्नु पर्ने भएकाले जनतामा शंका उत्पन्न भएको छ । त्यही कारणले फस्ने सम्भावना रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् । बीमा क्षेत्रका विज्ञहरुका अनुसार धेरै जनाले आफ्नो पैसा फस्ने डरले यो बीमा योजनामा सहभागिता जनाउन इच्छा नदेखाउने सम्भावना बढि छ ।

नेपालीहरुको प्रतिव्यक्ति आए र बीमा योजना एक आपसमा दाँज्दा बिरोधाभाष रहेको उनीहरुको भनाई छ । ‘नेपालीहरु एकै चोटी ठुलो रकम जम्मा गरेर होल्ड गर्नसक्ने लेभलमा पुगि सकेका छैनन् ।’ नाम उल्लेख नगर्ने सर्तका एक बिज्ञले भने, ‘एक लेभलका नेपालीहरुसँग पैसा छ तर उनीहरुले जहाँ फाइदा हुन्छ त्यहाँ लगानी गर्छन । अर्को एउटा बर्ग छ जसले विहान वेलुका छाक टार्ननै मुस्किल छ ।’ उनले अगाडि भने, ‘मध्यम बर्गका नेपालीहरुले बैंकमा मुद्धतिमा खाता खोलेर व्याज मार्फत आफ्नो परिवार धानेका हुन्छन् ।’ उनीहरु पनि यो योजनामा सहभागिता जनाउने सम्भावन कम भएकाले यो योजना सुपर फ्लप हुने बीमा बिज्ञहरुको भनाई छ ।

कसरी फस्छन् जनता ?

जीवन बचत बीमा योजनाको मुख्य विशेषता भनेको पहिलानै सबै रकम बीमा कम्पनीमा जम्मा गरेर बीमा अवधि सकिएपछि प्रतिफल पाउनु हो । यदी कसैले १० लाखको बीमा गर्ने सोच बनायो र १५ बर्ष बीमा अवधिका लागि यो योजनामा सहभागी भयो भने उसले पहिलानै १० लाख वा त्यो भन्दा केही बढि रकम कम्पनीलाई बुझाउनु पर्ने हुन्छ । त्यो रकम उसले बीमा अवधि समाप्त भएपश्चात अर्थात १५ बर्ष पछि १० लाखले आर्जेको बोनससहित प्राप्त गर्छ ।

यो योजनामा बोनस कम्पनीको नियम अनुसार भनिएको छ । त्यो भनेको बर्षको ६६ प्रतिहजार हो । एलआइसीको बोनस दर ६६ देखि ८५ प्रतिहजार प्रति बर्ष छ । कम्पनीको नियम अनुसार १० लाखले १५ बर्षमा ९ लाख ९० हजार बोनस हुन्छ । १५ बर्षको बीमा गर्दा कम्पनीको नियम अनुसार ६६ प्रतिहजार बोनस बीमितले पाउँछ । यसमा नियम अनुसारको राज्यलाई कर तिरेर पाउने रकम बीमितले पाउँछ । १० लाख लगानी गरेको एक ब्यक्तिले १५ बर्षमा ८ लाख ५० हजारसम्म कमाउँने सम्भावना रहन्छ । यो पनि बोनसदर स्थिर रहेको खण्डमा ।

यदी कसैले त्यतिनै रकम १५ बर्षका लागि मुद्धति खातामा जम्मा गर्यो भने यसको दोब्बर प्रतिफल पाउँछ । त्यो रकम सुरक्षित पनि हुन्छ र एलआइसीको बीमा योजना जस्तै मुद्धतिमा खाता खोलेका ग्राहकले पनि बीमा योजनामा सरिक हुन पाउँछन् ।

अर्को कुरा यदी कसैले १० लाख काठमाडौं बाहिरको जग्गामा लगानी गर्यो भने १५ बर्षसम्म कति कमाउँला ? त्यो आफै विचार गर्नुहोस । केही नभएपनि त्यो जग्गाको भाउ १५ बर्षपछि एक करोडसम्म पुग्छ ।

यो योजनाका अन्य त्रुटिहरु र कम्पनी भित्रका जालझेलबारेको विशेष सामाग्री अर्को अंकमा ।