सुशान्त खत्रीले गरे बलिउडमा डेव्यु

बिहिबार, ९ माघ २०७६

काठमाडौँ -भारतिय डान्स रियालिटी शो ‘डान्स प्लस’बाट चर्चामा आएका सुशान्त खत्री बलिउड फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’मा देखिदैछन् । उनलाई बलिउड फिल्ममा शोका निर्माता रेमो डिसुजाले अवसर दिएका हुन् ।

नेपाली दर्शकलाई आगामी माघ १० गते देखि प्रर्दशन हुने फिल्म हेर्न भारतिय कलाकार वरुण धवन र श्रद्धा कपूरले आग्रह गरेका छन् । उनीहरुले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘हाम्रो फिल्म २४ जनवरीबाट प्रर्दशन हुँदैछ । जसको नाम हो ‘स्ट्रिट डान्सर थ्रीडी’ । यो फिल्ममा नेपालको निकै मिहेनती र प्रतिभाशाली डान्सर सुशान्त खत्री छन् ।

हामीलाई थाहा छ नेपालमा धेरै स्ट्रिट डान्सर छन् । तपाईहरु हामीलाई पनि माया गर्नु हुन्छ । हाम्रो यो फिल्मलाई माया गर्नुहोला ।’ अधिकांस समय भारतमै बिताउने सुशान्तले केहि नेपाली म्युजिक भिडियोमा समेत डान्स गरेका छन् ।

रेमो डिसुजाले निर्देशन गरेको फिल्ममा वरुण, श्रद्धा, सुशान्तसँगै प्रभु देवा, अपारशक्ति खुराना, नोरा फतेही, शक्ति मोहन लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा प्रभु देवा कोरियोग्राफरको भुमिकामा देखिदैछन् ।