हुनेवाला श्रीमतीलाई ४ दिनअघि टिप्परले किचेपछि प्रेमीले लेखे– , म नि छिट्टै आउँछु , माथि तिमीलाई भेटन
काठमाडौँ– बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो ।प्रकाश नेपाली सेनामा कार्यरत छन्, रमिता महेन्द्रनगरस्थित डेरामा बस्थिन् ।ब्राह्मण परिवारकी छोरी रमितालाई क्षेत्री परिवारका प्रकाशले एक वर्षअघि नै भगाएका थिए, यद्यपि उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो ।
आफ्ना साथीभाइलाई कार्ड बाँड्नका लागि बजारमा साइकलमा हिँडिरहेका बेला बिहीवार महेन्द्रनगर बजारमा टिप्परले ठ८क्कर दियो । रमिताको घ८टनास्थ८लमै मृ८त्यु भयो ।आफ्नो जिन्दगीको नयाँ अध्याय शुरू गर्न नपाउँदै रमिताले संसार छा८डिन् । आफैंले बाँडेका कार्डका निम्तालुलाई विवाह समारोहमा सहभागी हुने अवसर दिन पनि पाइनन् ।
फेसबूकमा स्टाटस लेखेका छन् ।बिहेका लागि रातो साडी खरिद गरिसकेको भन्दै उनलले बिहेको साडी र सिउँदोमा सिन्दुर सजिएको हेर्ने सपना रहेको उल्लेख गरेका छन् ।प्रकाशले आफू पनि छिट्टै आउने भन्दै पर्खिन आग्रह गरेका छन् ।
के लेखे प्रकाशले ?
तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी १ पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् रु कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर रु तँ अगाडि किन गइस् मलाई छाडेर रु म एक्लै के गरौं, कहाँ जाऊँ भन् त रु आइज न बिहे गरौंला नि १ यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।