अष्ट्रेलिया फेरि माकुराको संकटमा
काठमाडौं – आगोको महासंकटबाट गुज्रिएको अष्ट्रेलिया माकुराको संकटमा फसेको छ ।
जंगलमा फैलिएको डढेलो नियन्त्रणमा नआएर संकटमा फसिरहेको अष्ट्रेलियालाई अहिले बिषालु माकुराको संकट आइलागेको हो । अष्ट्रेलियाका शहरमा यस्तो माकुरा देखिएको छ, जसले १५ मिनेटमै मानिसको ज्यान लिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘फनेल वेब स्पाइडर’ नामको उक्त माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने गरेको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै सार्बजनिक भएका समाचारहरुमा उल्लेख छ ।
अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा ती माकुराहरु जमिनभित्र छिरेका थिए । तर अहिले परेको भारी वर्षापछि आएको बाढीका कारण बिषालु माकुराहरु बस्तीमा छिरेका हुन् । यस्ता माकुराका ४० प्रजाति रहेको बताइएको छ । यो संसारकै सबैभन्दा खतरनाक र विषालु माकुरा भएको बताइएको छ ।