सुनचाँदीकै मूल्य घट्यो आजको भाउ यस्तो ?
काठमाडौँ– नेपाली बजारमा आज बुधबार सुनचाँदीकै भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा हिजो भने चाँदीमा प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भएको थियो भने सुनको भाउ स्थिर थियो ।
महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो भने यसको भाउ प्रतितोला ७६ हजार रुपैयाँ थियो । यसको मतलब हिजोको तुलनामा आज सुनमा प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम छ । हिजो मंगलबार भने तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो मंगलबार ८ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज बुधबार भने ८ सय ७० रुपैयाँ कायम छ ।