सुतिरहेका बेला बोराको थुप्रोले थिच्दा एकै परिवारका चार जनाको मृत्यु
काठमाडौँ- बोराको थुप्रोले थिच्दा बुधबार राति भैरहवामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजा छन् ।
भारतको बिहार घर भएका खातुन परिवार झण्डै १५ वर्षदेखि भैरहवामा बस्दै आएको थियो । उनीहरु सिद्धार्थनगर नगरपालिका वडा नं। ६ गल्लामण्डीमा भाडामा बस्दै आएका थिए ।
उनीहरू सुतिरहेको कोठामा मैदाका खाली बोराहरू खात बनाएर राखिएको र सुतेको खसेर च्यापिन पुग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।