एक व्यक्तिद्वारा प्रहरीकै अगाडि प्रदर्शनकारीमाथि गोली प्रहार
काठमाडौँ -भारतमा एक व्यक्तिले नागरिकता संशोधन कानुनका विरुद्ध प्रदर्शन गरिरहेका व्यक्तिमाथि प्रहरीकै अगाडि गोली चलाएका छन्।
बिहीबार दिल्लीस्थित जामिया विश्वविद्यालय नजिकै एक जना व्यक्तिले प्रदर्शनकारीमाथि गोली चलाउँदा एक जना घाइते भएका छन्।
गोली हान्दै गरेको तस्बिर समेत रोयटर्सले सार्वजनिक गरेको छ। त्यसमा ती व्यक्तिले आफ्नो बन्दुक प्रदर्शनकारीमाथि तेर्स्याएका देखिन्छ। प्रहरीहरू त्यहीँ नजिकै थिए, प्रत्यक्षदर्शी रोयटर्सका अह्मद जहिरले बताएका छन्।
प्रहरीले त्यस घटनापछि ती व्यक्तिलाई पक्राउ गरेको रोयटर्सले जनाएको छ।
गत डिसेम्बरदेखि नै भारतमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन भइरहेको छ।