घट्यो सुन मूल्य यस्तो छ आजको भाउ ?

शुक्रबार, १७ माघ २०७६

काठमाडौँ– बिहीबार ७६ हजार ३ सय प्रतितोलामा कारोबार भएको सुन आज ७६ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यसैगरी, तेजाबी सुन मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कायम छ। चाँदीको मूल्य शुक्रबार ८ सय ९० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १५ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।