अब कर्णालीमा पनि पानीजहाज चल्ने, यस्तो छ तयारी
धनगढी – पश्चिम नेपालको कर्णली नदीमा पनि पानीजहाज चल्ने भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेश भएर बग्ने नेपालको सबैभन्दा लामो नदी कर्णालीमा पानीजहाज चलानका लागि अवश्यक तयारी थालिएको छ ।
अब कर्णाली नदिलाई जल मार्गका रूपमा विकास गर्नका लागि पानीजहाज सञ्चालन गर्नका लागिएको हो । भारतको करुणाघाटदेखि सेती–कर्णालीको दोभानसम्म झन्डै ७० किलोमिटरसम्म पानीजहाज सञ्चालन गरेर यसलाई जल मार्गका रूपमा अघि बढाइने जनाइएको छ ।
यसका लागि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको संयोजकत्वमा टीकापुर नगरपालिका, लम्की नगरपालिका तथा मोहन्याल गाउँपालिका र जानकी गाउँपालिका प्रमुख सदस्य रहने गरी कर्णालीमा पानीजहाज सञ्चालन समितिसमेत गठन गरिएको छ ।
सो समितिले पानीजहाजका लागि नदीको अध्ययन अवलोकनसँगै सप्तकोसी र नारायणी नदीको पनि अवलोकन गरेको छ । जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापाले पानीजहाजबारे अध्ययन अवलोकन गरिसकेको र एक साताभित्रै विज्ञसहितको टोलीले त्यस क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने बताए । उनका अनुसार टोलीले अध्ययन गरेपछि पानीजहाज ल्याएर परीक्षण गरिनेछ ।
वैशाख १ गतेभित्रै कर्णालीमा पानी जहाज सञ्चालन गर्ने लक्ष्य राखिएको छ । कर्णालीमा पहिलोपटक पानीजहाज सञ्चालन गर्ने योजना अघि बढाइएको जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापा बताए ।
