कोरोना भाइरसको संक्रमणले चीनमा मर्नेको संख्या कति ?

आइतबार, १९ माघ २०७६

काठमाडौं–चीनमा दुई हप्ता अघि महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय नाघेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाका कारण फैलिएको भाइरका कारण हिजो सम्ममा चीनमा ३ सय ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । संक्रमण भने १४ हजार ३ सय ८० जनामा रहेको छ ।

कोरोनाका कारण ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ८५ जना उपचारका क्रममा फर्किने अवस्थामा रहेको चीनको राष्ट्रिय स्वास्थ्य कमिशनले जनाएको छ ।

चीनले कोरोनाबाट सक्रमणमा रहेका हरुलाई छुट्टै अस्पतालमा राख्नका लागि अस्पताल तयार गरिसकेको छ । उसले १० दिनमै नयाँ अस्पतालको निर्माण गरिसकेको छ । कोरोना भाइसबाट संक्रमणमा परेकालाई छुट्टै अस्पतालमा राखेर उपचार गर्ने जनाएको छ ।

नेपालमा पनि कोरोना भाइसको सक्रमण भेटिएको छ । यसको संक्रमण भारतमा पनि देखिएको छ । भाइसका कारण नेपालसहित १८ देशमा फैलिसकेको छ । अमेरिका र अष्ट्रेलियाले चिनियाँ नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न प्रतिबन्ध लागाएका छन् ।

नेपालस्थित चीनिया दूतावसले पनि चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ भने नेपालले पनि आफ्ना नागरिकको उद्दारका लागि दुईवटा छुट्टै जहाज तयारी अवस्थामा रहेको जनाएको छ ।