कोरोनापछि चीनमा भेटियो अर्को खतरनाक रोग, ४५ सयको मृत्यु
एजेन्सी – वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण चुनौतिको सामना गरिरहेको चीनमा अर्को खतरनाक रोगबाट ग्रहसीत भएको छ ।
चिनमा बर्डफ्लूको संक्रमणले जनतामा क्रास उत्पन्न भएको छ । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले सोयाङ शहरमा बर्डफ्लूको एचफाइभ एनवान भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ । सो शहर चीनको हुनना प्रान्तमा पर्दछ ।
भाइरसका कारण साढे ४ हजार पाँच सय कुखुराहरु मरेको बताइएको छ । उक्त फर्ममा झण्डै ८ हजार कुखुराहरु रहेको बताइएको छ ।
यद्यपी बर्डफ्लूका कारण कोही मानिस संक्रमित भएको खबर भने नआएको मन्त्रालयले जनाएको छ ।
