आइतबार सुनको मूल्य बढ्यो यस्तो छ आजको भाउ ?

आइतबार, १९ माघ २०७६

काठमाडौं-साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । आज छापावाला सुन प्रतितोला रु ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।यस अघि शुक्रबार छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७६ हजार २ सय कायम गरिएको छ।यस्तै, आइतबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको रु ५ ले बढेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।