टिकटकमा भाईरल बन्न खोज्दा अस्पतालमा भर्ना
काठमाडौँ- टिकटक अहिलेको सबैभन्दा लोकप्रिय एप्स हो । यसमा बिभिन्न रमाइला भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ । त्यहि टिकटकमा भाईरल बन्न खोज्दा एक किशोरीको भिडियो बनाउँदै गर्दा मुखमा हर्मोनिका अड्किएको छ । मुखमा हर्मोनिका अड्किएपछि किशोरीलाई अस्पताल भर्ना गरिएको छ ।
क्यानडाकी मोली ओब्रियन नाम गरेकी ति महिलाको भिडियो अहिले भाईरल भईरहेको छ । उनले भिडियो बनाउँदा हर्मोनिया अड्किएपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् ।
उनले आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको र आफ्नो आमाले पनि गाली गरेको सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
यो भन्दा अगाडि एक युवकले मुखमा ठूलो स्याउ राखेर टिकटक भिडियो बनाउँन खोज्दा निल्न र ओकल्न पनि नसकेपछि मुखमै अड्किएको थियो ।